नेपालमा पहिलोपटक तीन मुखे पुल बनाउँदै सरकार
<p>काठमाडौं। सरकारले तीन वटा जिल्लालाई जोड्न नेपालमै पहिलोपटक तीन मुखे पुल बनाउने भएको छ। </p>
<p>स्याङ्जा, गुल्मी र पाल्पालाई जोड्ने लक्ष्यसहित तीन मुखे झोलुङ्गेपुल बनाउने भएको हो।</p>
<p>ती तीन जिल्लालाई एउटै पुलमार्फत जोड्न रिडी धाममा उक्त पुल बनाउने काम अगाडि बढेको छ। सरकारले यस आर्थिक वर्ष भित्रै तीनमुखे पुल बनाइसक्ने लक्ष्य लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्