कोटेश्वर–जडीबुटी सडक निर्माण एक महिनामा सकिने <p>काठमाडौ&zwnj;। कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम अबको एक महिनामा सकिने गरी काम अघि बढाइएको छ।</p> <p>कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फका सबै संरचना हटाएर निर्माणको काम भइरहेको छ।</p> <p>अहिलेकै गतिमा काम भएमा अबको एक महिना भित्र निर्माण सकिने डिभिजन सडक कार्यालय काठमाडौंले बताएको छ।</p> <p>हाल उक्त क्षेत्रमा मुआब्जा वितरण बाहेकका अन्य समस्या नरहेको बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्