एकैदिन ४८ स्थानमा आगलागीः एकको मृत्यु, पाँच जना घाइते
<p>काठमाडौं। एकैदिन देशका ४८ स्थानमा ठूला आगलागीका घटना भएका छन्। </p>
<p>राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन्।</p>
<p>आगलागीका घटना शनिबार बिहान १० बजे देखि आइतबार बिहान १० बजेसम्म भएका हुन्।</p>
<p>प्राधिकरणका अनुसार ती घटनाले एक करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको आर्थिक नोक्सानी गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्