नेपालका जंगलमा लागेको डढेलोबाट १८ मेगा टन कार्बन उत्सर्जन <p>काठमाडौं। युरोपेली संघको कपर्निकस एटमस्फियर मनिटरिङ सर्भिस (सीएएमएस)ले पछिल्लो एक महिनामा नेपालका जंगलमा लागेको डढेलोले १८ मेगा टन कार्बन उत्सर्जन गरेको तथ्य सार्वजनिक गरेको छ।&nbsp;</p> <p>यो कार्बन उत्सर्जन सन् २०१६ पछिको धेरै हो। सन् २०१६ मा सबैभन्दा बढी २७ मेगा टन कार्बन उत्सर्जन भएको थियो।&nbsp;</p> <p>सीएएमएसले भूउपग्रहबाट लिइएको तस्वीरका आधारमा कार्बनको मात्र मापन गरिएको जनाएको छ। पछिल्ला दिन कार्बन उत्सर्जन बढ्दै गएकोमा उक्त संस्थाले चिन्ता व्यक्त गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्