म्यानमारमा ७० दिनमा ७०० भन्दा बढी प्रदर्शनकारी मारिए
<p>काठमाडौं। म्यानमारमा सेनाले ‘कू’ गरेपछि प्रजातन्त्र पुनस्र्थापनाको माग गर्दै जनताले गरेको प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा कम्तीमा ७०० सय जनाको मृत्यु भएको छ। </p>
<p>गत फेब्रुअरी १ यताको अवधिमा उनीहरु मारिएको अमेरिकी समाचार संस्था सीएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ।</p>
<p>सीएनएनका अनुसार प्रजतान्त्र पुनस्र्थापनको माग गर्ने ३ हजार भन्दा बढी प्रदर्शनकारीलाई म्यानमारको सुरक्षा फौजले पक्राउ गरी थुनेको छ। ६५७ जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्