म्यानमारमा प्रर्दशनकारीको शवबाट समेत पैसा उठाउँदै सेना
<p>काठमाडौं। म्यानमारी सेनाले प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै भएका प्रदर्शनमा मारिएका प्रदर्शनकारीको शव परिवारले ८५ अमेरिकी डलर (एक लाख २० हजार म्यानमारी क्याट) बुझाएपछि मात्र पाउने भएका छन्।</p>
<p>म्यानमारको सेनाले यस्तो नियम बनाएको बागो विश्वविद्यालय युनियनका विद्यार्थीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ। </p>
<p>शुक्रबार म्यानमार भएको प्रदर्शनमा मारिएका ८२ जना प्रर्दशनकारीको शव बुझ्न गएका सम्बन्धित परिवारसँग सेनाले ८५ अमेरिकी डलर मागेको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्