छत्तीसगढमा कोरोना संक्रमण भयावह, शवको अन्त्यष्टि गर्न नयाँ ४६ स्थान तोकियो <p>काठमाडौं। भारतको छत्तीसगढमा कोरोना संक्रमणबाट मर्नेको संख्या बढेपछि अन्तिम संस्कार गर्न नयाँ ४६ स्थान तोकिएको छ। यी नयाँ ठाउँ रायपुरमा मात्र थपिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ।&nbsp;</p> <p>आइतबार मात्र त्यहाँ १०० भन्दा बढी शवको अन्तिम संस्कार गरिएको थियो। ग्रामीण क्षेत्रमा शवलाई खेतमा जलाइएको पनि बीबीसीले उल्लेख गरेको छ।&nbsp;</p> <p>मर्नेको संख्या बढी हुँदा शव जलाउन समस्या भएको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। एउटा शवको अन्तिम संस्कार गर्न घण्टौं कुर्नु परेको उनीहरुले जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्