स्कुल बन्द गर्ने/नगर्ने सम्बन्धमा सरोकारवालाहरुको सुझाव मन्त्रिपरिषद्मा लगिने
<p>काठमाडौं। सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजबस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने भएका छन्।</p>
<p>मन्त्री श्रेष्ठले आज मन्त्रालयमा सरोकारवालाहरुलाई बोलाई कोरोना संक्रमित बढ्दै गरेका बेला शैक्षिक संस्था बन्द गर्ने कि नगर्ने विषयमा छलफल गरेका थिए।</p>
<p>छलफलमा अधिकांश सरोकारवालाले सीसीएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्