ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता ५ हजार दिनुपर्छः सांसद रेग्मी
<p>काठमाडौं। कांग्रेस सांसद उमा रेग्मीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता ५ हजार दिनुपर्ने बताएकी छन्।</p>
<p>प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि ५ हजार दिने भनेको तर भत्ता नबढाएको भन्दै उनले ज्येष्ठ नागरिकहरूलाई ढाँट्न नहुने बताइन्।</p>
<p>उनले आगामी बजेटमार्फत सरकारले जसरी भएपनि भत्ता बढाउनुपर्ने धारणा राखिन्।</p>
<p>घरी रेल ल्याइदिन्छु, घरी घरघरमै रोजगारी दिन्छु भनेर प्रधानमन्त्री ओलीले ढाँटेको उनको आरोप छ।</p>
प्रतिक्रिया दिनुहोस्