ठेकेदारविरुद्ध सांसदले दिए गृहमन्त्रालयमा उजुरी
काठमाडौं। प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ठेकेदार कम्पनीविरुद्ध गृहमन्त्रालयमा उजुरी दर्ता गराएका छन्।

खोटाङबाट निर्वाचित सांसद भट्टराईले निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न माग गर्दै गृहमन्त्रालयमा उजुरी दर्ता गराएका हुन्।

उनले खोटाङमा निर्माणाधिन पक्की पुलहरूको काम ठेक्काको म्याद सकिंदा पनि नसकेको भन्दै गौरीपार्वती निर्माण सेवा र गजुरमुखी हरिहरी जेभीविरुद्ध उजुरी दर्ता गराएका छन्।

गौरीपार्वतीले फोक्सिङटार पुल र गजुरमुखी हरिहरी जेभीले साप्सुखोला पुल निर्माणको जिम्मा लिएका छन्।

उनले आफूले पटक–पटक सडक विभाग र सम्बन्धित व्यवसायीसँग पुल निर्माणको काम समयमै सक्न छलफल तथा दबाब दिंदै आएपनि नभएको उल्लेख गरेका छन्।

भट्टराईले यस विषयमा आफूले संसदमा समेत आवाज उठाएको बताएका छन्।

‘म्याद सकिंदा पनि पुल निर्माणको काममा विलम्ब गरी संसद, सरकार, कानून, जनप्रतिनिधि र जनताको आवाजलाई पुरापुर वेवास्ता गर्नेलाई कारबाही नगर्ने हो भने मुलुक समृद्ध बनाउने हाम्रो सपना निर्माण व्यवसायीका नाममा कलंकित बनेका केही व्यवसायीका कारण चकनाचुर हुने देखिन्छ’, सांसद भट्टराईले उजुरीमा भनेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्