यूएईमा पहिलो पटक महिला अन्तरिक्ष यात्री <p>काठमाडौं। संयुक्त अरब इमिरेट्स(यूएई)ले आफ्नो अन्तरिक्ष कार्यक्रमका लागि दुई यात्रीको नाम तोकेको छ, जसमा एक महिला पनि छिन्। उनी यूएईमात्र होइन अरब देशहरुकै इतिहासमा अन्तरिक्ष यात्री बन्ने पहिलो महिला हुन्।<br /> दुबईका शासक शेख मोहम्मद बिन अल मकतुमले ट्विटरमा नुरा अल मातुशी यूएईकी पहिलो महिला अन्तरिक्ष यात्री भएको उल्लेख गरेका छन्। उनी र अर्का एकजना पुरुषलाई चार हजारजनाबाट चुनिएको बताइएको छ।(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्