पछिल्लो २४ घण्टामा ३१ स्थानमा आगलागी, ४५ लाखभन्दा बढीको क्षति
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशका ३१ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा परी दुईजना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। <br />
प्राधिकरणका अनुसार आइतबार विहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म आगलागीका ती घटना भएका हुन्। आगलागीबाट ४५ लाख ८ हजार रुपैयाँबराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्