सप्तरी। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाअध्यक्ष लक्ष्मी साहसहित तीन जना धरौटीमा रिहा भएका छन्।
सप्तरी जिल्ला अदालतले प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै तीनैजनालाई १५/१५ हजार रूपैयाँ धरौटी लिएर हिरासतमुक्त गर्न आदेश दिएको हो।
जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजसालले वडाध्यक्ष साह, सोही वडाका नसिम मियाँ भन्ने मोहम्मद नसिम मियाँ र अनिल कुमार रायसँग धरौटी माग्ने आदेश गरेको हो।
शम्भुनाथ नगरपालिका–१२ की एक महिलाको जाहेरीको आधारमा प्रहरीले जबर्जस्ती करणी मुद्दामा वडाध्यक्ष साहसहित तीन जनालाई २४ मंसीरमा पक्राउ गरेको थियो।
घटनापछि आफ्नो विरोधी दलको षड्यन्त्रमा वडाध्यक्षलाई फसाइएको भन्दै नेपाली कांग्रेसले विरोध प्रर्दशन गरेको थियो।
कांग्रेस सप्तरीले २७ मंसीरमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी प्रमुख कृष्ण प्रसाइँमार्फत् प्रहरी प्रधान कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएको थियो।