भारतमा सबै शिक्षकलाई भ्याक्सिन लगाउन सरकारसँग माग
<p>काठमाडौं। छिमेकी भारतमा विद्यालय तथा विश्वविद्यालयका सबै शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरिएको छ। त्यहाँ नजिकै आएको सीबीएसई बोर्ड परीक्षालाई दृष्टिगत गर्दै यस्तो माग गरिएको हो।</p>
<p>शिक्षकहरु सुरक्षित भएपछि विद्यार्थी भाइरसबाट जोगिन सजिलो हुने उनीहरुको भनाइ छ। परीक्षा होस् या कक्षा, त्यसलाई नियमित गर्न पनि शिक्षकलाई भ्याक्सिन दिने कामलाई प्राथमिकता राख्नुपर्ने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्