पहिरो प्रभावित दलित परिवारलाई बाख्रा वितरण <p>अर्घाखाँची। सन्धिखर्क नगरपालिका&ndash;७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित &nbsp;परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ ।&nbsp;</p> <p>मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन प्रतिघर तीन वटा बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।&nbsp;</p> <p>एक समारोहबीच प्रदेश सांसद रामजीप्रसाद घिमिरे र नगर प्रमुख कमलप्रसाद भुसालले बाख्रा हस्तान्तरण गरे ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्