आलमलाई राजनीतिक पूर्वाग्रहमा फसाउन खोजिएको कांग्रेसको ठहर
काठमाडौं। प्रमुख प्रतिपक्ष कांग्रेसले मोहम्मद आफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ।

आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै ईँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका आलम कांग्रेसका तर्फबाट रौतहट क्षेत्र नम्बर २ मा निर्वाचित सांसद हुन्।

सिंहदरबारमा ३ पुसमा बसेको कांग्रेस संसदीय दलको बैठकले झुटा प्रमाणहरू संकलन गरेर आलमलाई षड्यन्त्रपूर्वक फसाउन खोजेको भन्दै आपत्ति जनाएको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

‘राजनीतिक पूर्वाग्रह राखेर नेता, कार्यकता, व्यापारी एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाउने कार्य तत्काल बन्द गरियोस्’, दल बैठकपछि सचेतक पुष्पा भुसालले विज्ञप्ति जारी गरेकी छन्।

विज्ञप्तिमा उल्लेख छ, ‘रौतहट जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेसका सांसद मोहम्मद आफताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा प्रमाणहरूहरु संकलन गर्दै षड्यन्त्रपूर्वक फसाउने कार्यको कांग्रेस संसदीय दल घोर आपत्ति व्यक्त गर्दछ। स्वतन्त्र र निष्पक्ष छानबिनमाथि पूर्वाग्रही ढंगबाट हस्तक्षेप नगर्न सरकारलाई सचेतसमेत गर्दछ।’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्