डढेलो नियन्त्रणमा सेनाको सक्रियता <p>गण्डकी। वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ ।&nbsp;</p> <p>डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्रेमप्रसाद पौडेलले बताए ।&nbsp;</p> <p>सोमबार राति पोखरा महानगरपालिका&ndash;२१ को जङ्गलमा लागेको आगो झण्डै पाँच घण्टाको समयावधिमा नियन्त्रणमा आएको थियो ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्