२६ अर्ब बराबरका सडक आयोजना अलपत्र

काठमाडौं। संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रूपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन्।

संघीय सरकारले प्रदेशहरूलाई हन्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ वटा सडक आयोजना अलपत्र परेका हुन्।

“बहुवर्षे ठेक्कामा लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेकाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन्”, ३ पुसको अर्थ समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने।

देश संघीयतामा गएसँगै सरकारले साना तथा झौला आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको हो।

तीमध्ये अधिकांश आयोजना शुरू भइसकेको तर केन्द्र सरकारले निरन्तरता दिन नसक्ने अवस्था रहेको सचिव कार्कीको भनाइ छ।

केन्द्र सरकारले ती आयोजनाहरूलाई निरन्तरता दिन नसक्ने र प्रदेश सरकारले स्वामित्व नलिँदा जनताले सास्ती बेहोर्नुपरेको बैठकमा सांसदहरूले प्रश्न उठाएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

स्वामित्व कसले लिने भन्ने विषय नटुंगिदा आयोजना सम्पन्न हुने समय अन्योल देखिएको छ।

प्रतिक्रिया दिनुहोस्