रुसमाथि हमला गर्ने युक्रेनी राष्ट्रपतिको धम्की
<p>काठमाडौं। रुसी टेलिभिजनबाट लडाइँको धम्की दिएपछि युक्रेनी राष्ट्रपति वोलोदिमिर जेलेन्स्की आफैं सेनाको पोशाक लगाएर अग्रमोर्चामा देखा परेका छन्। </p>
<p>रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समर्थक च्यानलले युक्रेनमाथि हमला हुने बताएपछि जेलेन्स्की स्वयम् सीमाक्षेत्रमा रहेका आफ्ना सैनिकको हौसला बढाउन उपस्थित भएका हुन्।</p>
<p>दुवै देशका अधिकारीहरुले सीमाक्षेत्रमा ठूलो संख्यामा सैनिक तैनाथ गरिएको बताएका छन्। दुवैतर्फबाट ८०/८० हजार सैनिक खटाइएको दाबी गरिएको छ।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्