भूकम्पले ढलेका ३० वटा कुटी पुनर्निर्माण

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तनहुँ देवघाट गलेश्‍वर आश्रमका ३० वटा कुटी पुनर्निर्माण गरेको छ।

१२ बैशाख २०७२ को भूकम्पबाट गलेश्वर आश्रमका ५२ वटा कुटीमा क्षति पुगेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो कुटीको उद्घाटन गरेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई चितवनमार्फत सञ्चालिन सो आयोजनामा प्राधिकरणको एक करोड ८८ लाख, आश्रम र स्थानीय समुदायको ४९ लाख रुपैयाँ खर्च गरिएको छ।

कुटी पुनर्निर्माण भई नयाँ कुटी पाएकोमा भक्तजन खुशी भएका छन्।

प्रतिक्रिया दिनुहोस्