नक्कली बैना कागज तयार गरी ५० लाख ठगी
<p>काठमाडौं। नक्कली बैना कागज तयार गरी ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका–५ का शकुल शाही ठकुरी रहेका छन्।</p>
<p>ठकुरीले नागार्जुन नगरपालिका–६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख रुपैयाँ कायम गरी नक्कली बैना कागज बनाई ५० लाख ठगेको प्रहरीले जनाएको छ। </p>
<p>प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्