घटना भएको १७ वर्षपछि दोषी पक्राउ
<p>बर्दिया। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका–३ स्थाई ठेगाना भएका कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। </p>
<p>जिल्ला अदालत बर्दियाले २०६८ जेठ १० गते उनलाई ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो।</p>
<p>कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका–३ बाट पक्राउ गरेको हो।</p>
<p>कृपाराम लगायतका प्रतिवादीहरुले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका–३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्