भोजपुरमा ५ वर्षीय बालिका बलात्कृत
<p>भोजपुर। पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा षडानन्द नगरपालिका–१ बस्ने ५० वर्षीय गोपाल जोगीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। </p>
<p>गोपालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्ला र प्रहरी चौकी दोभानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्