अक्सिजन अभावका कारण भारतमा ७ जनाको मृत्यु <p>काठमाडौं। अस्पतालमा अक्सिजनको अभावका कारण भारतमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।</p> <p>मुम्बईको नालासोपारास्थित एक अस्पतालमा अक्सिजनको अभावका कारण संक्रमित ७ जनाको मृत्यु भएको हो। मृत्यु भएपछि अन्य कोरोना संक्रमितहरूले आक्रोश व्यक्त गरेका छन्</p> <p>तर, अस्पताल प्रशासनले भने कोरोना संक्रमितहरू नभई अन्य रोगबाट पीडित रहेको बताएको छ। अक्सिजनको अभावका कारणले मृत्यु भएको कुरालाई अस्प्तालले खारेज गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्