स्वास्थ्य मापदण्ड पालना नभए विद्यालय बन्द गरिने
<p>काठमाडौं। स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नभए काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय बन्द हुने भएका छन् ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने “हामीलाई स्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना भएको विश्वस्त बनाउनुपर्छ। ” </p>
<p>मन्त्रालयले एक महिना विद्यालय बन्द गर्न सिफारीस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा अनलाइन कक्षा मार्फत पठन पाठन गराउन सुझाव दिएको छ ।</p>
<p>भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण रहेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्