काठमाडौं। पछिल्लो समय नेपाली चलचित्रको व्यापार उदेकलाग्दो छ। एकातिर राम्रो चलचित्र बन्न सकेका छैनन् भने अर्कोतिर विदेशी फिल्मको दबदबाका कारण नेपाली चलचित्र चल्न सकेका छैनन्।
२४ असोजबाट प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’पछि कुनै पनि नेपाली चलचित्रले आफ्नो लगानी समेत उठाउन सकेका छैनन्। बलिउड तथा हलिउड फिल्महरूले राम्रो व्यापार गरेर नेपालबाट करोडौं रूपैयाँ लगिरहेका बेला नेपाली चलचित्र ‘फ्लप’ भइरहेका हुन्।
राम्रो चलचित्र बनाउन नसकिरहेका चलचित्रकर्मीहरूले विदेशी चलचित्रसँग डराउने गरेका छन्। जसको उदाहरण बलिउड फिल्म ‘दबंग–३’लाई लिन सकिन्छ। आजदेखि नेपाली हलहरूमा बलिउड सुपरस्टार सलमान खान अभिनित फिल्म ‘दबंग–३’ चलिरहेको छ। उक्त फिल्मसँग कुनै नेपाली फिल्म प्रदर्शनमा आएका छैनन्। यो हप्ताका लागि नेपाली हल नेपाली फिल्मविहीन भएका छन्। मल्टीप्लेक्स र सिंगल थिएटर दुबैतर्फ ‘दबंग–३’को एकलौटी राज छ।
प्रदर्शनरत फिल्म नचल्नु र यो हप्ता कुनै नयाँ नेपाली फिल्म नआउँदा सिंगल थिएटरले समेत बलिउड फिल्म नै लगाउन बाध्य भएका छन्। मल्टीप्लेक्सहरू विदेशी फिल्मको भरमा चल्ने हुँदा ‘दबंग–३’ ले सर्वाधिक शो पाएको छ। नेपालको सबैभन्दा ठूलो क्यूएफएक्स चेनमा मात्र फिल्मले पहिलो दिन ८८ शो पाएको छ। जुन यसअघि कुनै फिल्मले पाएका थिएनन्।
भारतमा मात्र पहिलो दिन ४५ करोडभन्दा बढी कमाउने विश्लेषण गरिएको यो फिल्मले नेपालबाट पहिलो दिननै दुई करोड कमाउने अनुमान गरिएको छ। यो हप्ता कुनैपनि नेपाली चलचित्रले प्रदर्शनमा आउने आँट गरेनन्। २४ माघमा ‘सेल्फी किङ’ र ‘साङ्लो’ प्रदर्शनमा आउँदैछ। असोजपछि सुस्ताएको नेपाली चलचित्र बजार यी दुई फिल्मबाट चलायमान हुने अपेक्षा गरिएको छ।