नेपाल भित्रियो कियाको सेल्टोस, आजैदेखि बिक्री शुरू (मूल्यसहित)
काठमाडौं। नेपालका लागि कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल्स ट्रेडिङले नयाँ एसयूभी सेल्टोस नेपाल भित्र्याएको छ। कम्पनीले एक कार्यक्रम गरी आजैबाट यसको यसको बिक्री शुरू गरेको छ।

कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलोपटक नेपाल भित्रिएको कम्पनीले बताएको छ। कोरियाली अटो निर्माता कम्पनी कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको हो।

किया सेल्टोसमा सेगमेन्टकै पहिलो आठ इन्च एचयूडी र १०.२५ इन्च होरिजेन्टल्ली ओरिन्टेड टचस्क्रिन रहेको छ। यो एसयूभीमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, क्वीट मोड तथा ड्राइभर टक मोड, हिल स्टार्ट असिस्ट कन्ट्रोल, नर्मल, इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन मिल्नेलगायत विशेषता छन्।

१७ इन्च अलोय ह्वील, स्टाइली एलईडी टेललाइट, सार्प एलईडी हेडलाइट, एलईडी फगल्याम्पले एसयूभीलाई उत्कृष्ट बनाएको छ। सेल्टोस १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल  १.४ लिटर टर्बो पेट्रोल इन्जिन अप्सनमा उपलब्ध छ।

किया मोटर्सका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल्स ट्रेडिङले सेल्टोसलाई विभिन्न पाँच भेरियन्टमा नेपाल ल्याउन लागेको हो। कम्पनीले सेल्टोसको शुरूआती मूल्य ४९ लाख ९० हजार रूपैयाँ तोकेको छ भने टप भेरियन्टको एचटीएक्स प्लसको मूल्य ६६ लाख ९० हजार तोकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्