नीलो आकाशका लागि सफा हावा दिवस <p>संयुक्त राष्ट्रसंघले हरेक वर्षको सेप्टेम्बर ७ तारिखलाई नीलो आकाशका लागि सफा दिवसको रूपमा मनाउने घोषणा गरेको छ।</p> <p>राष्ट्रसंघको महासभाले सो दिवसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गरेको राष्ट्रसंघका अधिकारीहरूले जनाएका छन्। दिवस मनाउने निर्णय आगामी सन् २०२० देखि लागू हुने जनाइएको छ।</p> <p>स्वच्छ तथा सफा हावा स्वास्थ्य र दैनिक जीवनका लागि अति महत्त्वपूर्ण भएकाले त्यसबारेमा आमनागरिकको ध्यानाकर्षण गराउन दिवस मनाउन लागिएको अधिकारीहरूले जनाएका छन्। वायु प्रदूषणले विश्वभरिका नागरिकको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने र धेरै रोग र मृत्युको कारक पनि भएकाले स्वच्छ वायुको महत्त्व अत्यन्त धेरै रहेको विज्ञहरूको भनाइ छ।</p> <p>वायुको गुणस्तर बढाउनका लागि विश्वव्यापीरूपमा अध्ययन, अनुसन्धान, जनचेतनामूलक अभियान चलाउनुपर्नेमा समेत सरोकारवालाहरूले जोड दिँदै आएका छन्। <em>रासस/सिन्ह्वा</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्