काठमाडौं। सांसदहरुले सरकार यातायात व्यवसायीहरुको कब्जामा रहेको बताएका छन्। सरकार यातायात व्यवसायीको नियन्त्रणबाट मुक्त हुन नसक्नु दुर्घटना बढ्नुको मुख्य कारण भएको पनि सांसदहरुको आरोप छ।
प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद महिन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसायी हुनुपर्नेमा उल्टो सरकार नै व्यवसायीको नियन्त्रणमा भएको भन्दै यसैकारणले सडक दुर्घटना बढ्दै गएको दाबी गरे । व्यवसायीको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि काम नगरेको पनि यादवको आरोप थियो।
सांसद गणेशकुमार पहाडीले लामो दुरीमा एउटै चालकले सवारीसाधन चलाउँदा दुर्घटना बढेको बताए। संसदीय समितिले २०७२ सालमा नै लामो दुरीमा एकजना मात्र चालकलाई सवारी साधन चलाउन नदिन निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन नहुनु दुखद भएको उनले बताए।
सांसद रगंमती शाहीले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि ऐन, कानून र बजेट पर्याप्त भएपनि काम हुन नसक्नुको जवाफ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दिनुपर्ने बताइन् । सांसद दुर्गा पौडेलले दुर्घटना न्यूनिकरण गर्नतर्फ सरकारको पर्याप्त ध्यान नपुगेको बताइन्।
समितिका सभापति तथा सांसद कल्याणी कुमारी खडकाले समितिले दिएका निर्देशनहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यान्वयनमा चासो नदिएको भन्दै लाचारी व्यक्त गरिन् । सवारीसाधन दुर्घटना दिनदिनै बढ्दै जाँदासमेत यातायात मन्त्रालयले न्यूनिकरणका लागि काम नगरेको उनको भनाई थियो। सभापति खडकाले सडकको क्षेत्रमा काम गर्ने सबै निकाय तथा सबै तहका सरकारसँग समन्वय गरी सडक दुर्घटना न्यूनिकरणका लागि काम गर्न यातायात मन्त्रालयलाई निर्देशन पनि दिइन्।
" /> काठमाडौं। सांसदहरुले सरकार यातायात व्यवसायीहरुको कब्जामा रहेको बताएका छन्। सरकार यातायात व्यवसायीको नियन्त्रणबाट मुक्त हुन नसक्नु दुर्घटना बढ्नुको मुख्य कारण भएको पनि सांसदहरुको आरोप छ।प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद महिन्द्र राय यादवले सरकारको नियन्त्रणमा यातायात व्यवसायी हुनुपर्नेमा उल्टो सरकार नै व्यवसायीको नियन्त्रणमा भएको भन्दै यसैकारणले सडक दुर्घटना बढ्दै गएको दाबी गरे । व्यवसायीको प्रभावमा परेर सरकारले सवारी साधन दुर्घटना न्यूनिकरणका लागि काम नगरेको पनि यादवको आरोप थियो।

">