नेपाल प्रहरीका २४ जना एसपीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

काठमाडौं। नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाले पुस महीनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरूको सरुवा गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनको नेतृत्व गरिरहेका एसपीहरू पनि सरुवा परेका छन्।

रौतहट प्रहरी प्रमुख भुपेन्द्र बहादुर खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ। खत्रीको ठाउँमा रविराज खडकालाई पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, एसपी दिनेशराज मैनालीको एक नम्बर प्रदेश दंगा नियन्त्रण गण दुहवी, सुनसरी सरुवा भएको छ भने चितवन प्रहरी प्रमुख, एसपी दानबहादुर मल्लको महानगरीय विमानस्थल सुरक्षा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको छ।

झापा प्रहरी प्रमुखका रूपमा महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी कृष्णप्रसाद कोइरालाको सरुवा भएको छ भने चितव प्रहरी प्रमुखका रूपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गंगा पन्तलाई पठाइएको छ।

हेर्नुस् सरुवाको सूची

प्रतिक्रिया दिनुहोस्