दुईवटा सर्ट चोरेको आरोपमा २० वर्षदेखि जेलमा
काठमाडाैं। दुई वटा सर्ट चोरेको आरोपमा २० वर्षदेखि जेलमा रहेका एक व्यक्ति जेलमुक्त भएका छन्।
६७ वर्षका गाइ फ्रान्क नाम गरेका एक व्यक्ति सन् २००० मा अमेरिकामा पक्राउ परेका थिए।
उनलाई जेलमुक्त गर्न इनोसेन्स प्रोजेक्ट न्यु अर्लिन्स नामक अभियान चलेको थियो। पछि रिहा गरिएको छ।
अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार उनले चोरेको भनिएको सर्टको मूल्य ५ सय डलर भन्दा कमको थियो ।
प्रतिक्रिया दिनुहोस्