कोरोना देखिएको विद्यालय कम्तिमा एक साता बन्द, अन्यले संचालन गर्न पाउने काठमाडौं। काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण देखिएको विद्यालयबाहेक अन्यलाई संचालन गर्न अनुमति दिएको छ। महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै कारोना संक्रमण देखिएको विद्यालय अर्को सुचना नभएसम्म कम्तिमा एक साता बन्द गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउन भनेको छ। अन्य विद्यालयको हकमा स्थास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विगतमा जारी गरिएको मापदण्डका कडाईका साथ पालना गरी अभिभावकको सहमतिमा संचालन गर्न महानगरले अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्