हावाहुरीसँगै परेको चट्याङ लाग्दा तीन जनाको मृत्यु काठमाडौं। बिहीबार साँझ देशभर हावाहुरीसँगै परेको चट्याङ लाग्दा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार भोजपुरको षडानन्द नगरपालिका–८ निगुरे बस्ने ६० वर्षीया मनमाया राईको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको हो। तेह्रथुमको छथर गाउँपालिका–६ असिने बस्ने तारा बहादुर मगरकी ९ वर्षीया छोरी रोहिता मगरको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको छ। यस्तै, बागलुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कडेलको चट्याङ लागेर मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्