पछिल्लो चौबीस घण्टामा १८ स्थानमा आगलागी, करिब ३८ लाखको क्षति
काठमाडौं। देशका १८ स्थानमा ठूला आगलागीका घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार बिहीबार बिहान १० बजेदेखि शुक्रबार १० बजेसम्म भएका आगलागीबाट ३७ लाख ९५ हजार ७८९ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।
म्याग्दीको बेनी नगरपालिका–४ मा आगो निभाउने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्