निर्मला पन्तको घटनामा आधारित चलचित्र बन्यो
काठामाडौं। ११ साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित रहेर चलचित्र निर्माण गरिएको छ।

गणेश गिरीको प्रस्तुति र शिवम् अधिकारीको निर्देशन रहेको चलचित्रलाई मनिराज गौतमले निर्माण गरेका हुन्। चलचित्रको चलचित्रको ट्रेलर सार्वजनिक भएको छ।

चलचित्रको ट्रेलरमा स्कुल जाँदै गरेकी कोपिला आफ्नै दिदीलाई प्रश्न गर्छिन्, “दिदी म डक्टर बन्न सक्न्या हुँ र? के हाम्रा ड्याडी मम्मीले हाम्लाई डक्टर बनाउन सक्न्या हुन्? त्यति पैसा होला र ड्याडी मम्मीसँग?” दिदीको मुखबाट कुनै जवाफ आउँदैन।

स्कुल पढेर कोपिला घर आउँछिन्। आउँदा आउँदै बाटोमा उनको अस्मिता लुटिन्छ। त्यति मात्र नभएर अस्मिता लुट्ने अपराधीबाटै उनको हत्या हुन्छ। त्यसपछि उनको हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलन शुरू हुन्छ। सरकारविरुद्ध नाराबाजी हुन्छ। तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै उनीहरू सडकमा विरोध प्रर्दशन गर्छन्।

कोही चुनावी हारको बदला लिन आन्दोलनमा सहभागी हुन्छन् त कोही आफ्नो छुट्टै स्वार्थका लागि आन्दोलन गर्छन्। कोपिलाका आमा बुवालाई प्रयोग गरेर कोहीले महल बनाए भने कोहीले आफ्नो राजनीतिक यात्रालाई बलियो बनाए।

चारैतिरबाट आजित भएका कोपिलाका आमा बुवाले अन्ततः सबैसँग आक्रोशित हुँदै माफी माग्छन्। तर, छोरीको हत्यारा पत्ता लाग्न सक्दैन।

चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जिवनी खरेल लगायतका कलाकारको अभिनय छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्