संसदीय समितिले भन्यो– विद्यालय तत्काल बन्द गराऊ काठमाडौँ। संघीय संसदको दीगो विकास तथा सुशासन समितिले बालबालिकाहरू कोभिड-१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभाअन्तर्गतको समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा सङ्क्रमणको जोखिम बढाएको निष्कर्ष निकालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्