काठमाडाैं। राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चारजना पूर्वसांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।
राष्ट्रियसभाको आजको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो।
तत्कालीन नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका हरि बैरागी दाहालको ६२ वर्ष र एमालेकै तर्फबाट संविधानसभामा समानुपातिक निर्वाचित कमलाकुमारी घिमिरेको ५० वर्षको उमेरमा निधन भएको थियो। नेकपा एमालेकैतर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका रामलखन महतोको ६६ वर्ष र नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका रामेश्वर ढुङ्गेलको ५९ वर्षको उमेरमा निधन भएको थियो।
शोक प्रस्तावमा चारै पूर्वसांसदको प्रजातन्त्र र लोकतन्त्र स्थापनामा पुर्याएको योगदानको स्मरण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। उनीहरूको सम्मानमा बैठकमा एक मिनेट मौनधारण गरिएको थियो।
राष्ट्रियसभाको अर्काे बैठक ७ पुस दिउँसो १ बजे बस्नेछ।
" /> काठमाडाैं। राष्ट्रियसभाले विभिन्न मितिमा निधन भएका चारजना पूर्वसांसदप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ।राष्ट्रियसभाको आजको बैठकले संसद्को चौथो अधिवेशन अन्त्यपछि हालसम्म निधन भएका तत्कालीन नेकपा एमालेका तीन र नेपाली कांग्रेसका एक पूर्वसांसद एवं संविधानसभा सदस्यको निधनप्रति उक्त शोक प्रस्ताव पारित गरेको हो।

">