चुडाल र सुवेदीको नाम न्यायाधीशमा सर्वसम्मतले अनुमोदन काठमाडौं। संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशको नाम अनुमोदन गरेको छ। आज बसेको समितिको बैठकले डा. कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। सरकारले केही दिनअघि उनीहरूको नाम सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आज सुनुवाइ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्