इपीएसअन्तर्गत कोरिया गएर फर्केका ५६ जनाको ‘डिपार्चर डेट’ भेटिएन
काठमाडौं। इपीएसअन्तर्गत दक्षिण कोरियामा काम गरेर फर्केका ५६ नेपाली कामदारको ‘प्रस्थान मिति’ (रेकर्ड) कोरियाको अध्यागमन कार्यालयमा नरहेको पाइएको छ। पुनः काममा कोरिया फर्कन पाउने उनीहरूले कोरियाबाट नेपाल प्रस्थान गरेको प्रमाण पेश नगरेसम्म कोरिया फर्कन पाउने छैनन्। ती प्रमाण कोरियाको अध्यागमनलाई पठाएपछि मात्र उनीहरू पुनः काममा फर्कन पाउने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्