धनुषा। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा भएको बम विस्फोटको घटनामा संलग्न रहेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जनकपुर इञ्चार्जलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेकपाका जनकपुर इञ्चार्ज रोहित ढकाल छन्। गएको २७ मंसीरमा भएको बम विस्फोटमा चन्द नेतृत्वकै नेकपाको संलग्नता रहेको निष्कर्षसहित प्रहरीले अनुसन्धान गरिरहेको छ।
विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यसमध्येका धनुषाको मिथिला विहारी नगरपालिका–१ का रामसोभित पासवान चन्द समूहमा आवद्ध रहेको प्रहरीले बताएको छ।
विस्फोटको घटना छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमा शंकरप्रसाद साहको नेतृत्वमा सात सदस्यीय टोली गठन गरिएको छ। टोलीले घटनाका बारेमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
२७ मंसीरमा भएको बम विस्फोटमा परी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका औषधी व्यवसायी राजेश साह, उनको छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इञ्चार्ज, प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको थियो।