नगरपालिकाले ४५ पहिरोपीडितको घर बनाइदिने बागलुङ । बागलुङ नगरपालिकाले पहिरोपीडितको घर बनाइदिने गरी आवश्यक पहल थालेको छ। गत वर्षामा बाढी, पहिरोले घरमा पूर्णरुपले क्षति पुर्याएका नगरपालिकाका ४५ घर परिवारलाई नगरपालिकाले घर बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरभित्रका ४५ पहिरोपीडित परिवारलाई रु एक लाख ५० हजारका दरले घर बनाउन अनुदान रकम दिने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्