'अमेरिकाले आफ्नो नेतृत्वका छलफलमा चीनलाई बोलाउन छाड्यो'
काठमाडौं। पछिल्लोपटक अमेरिकाले चीनप्रति निकै नकारात्मक निर्णयहरु गर्दै आएको चिनियाँ विदेश मामिला उपमन्त्रीले बताएका छन्। यसले दुई देशबीच टकराव बढाएको उनको भनाइ छ।
उपमन्त्री ले युचेङले शुक्रबार भने, ‘दुई देश मिल्ने हो भने थुप्रै चुनौतीलाई जित्न सकिन्छ, तर प्रतिस्पर्धा र टकरावलाई जोड दिँदा भविष्यमा दीर्घकालीन सहयोगका सम्भावना कमजोर हुन पुग्छन्।’ अमेरिकाले आफ्नो नेतृत्वका कतिपय छलफलमा चीनलाई आमन्त्रण गर्न छाडेको छ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्