काठमाडौं। पाकिस्तानको मध्यम गतिका बलर मोहम्मद अब्बास र शहिन अफ्रिदी मिलेर नौ विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टको पहिलो इनिङमा २७१ रन बनाउँदा सबै विकेट गुमायो।
दोस्रो दिनको समाप्तीमा पाकिस्तानले २३ रनको अग्रता लिएको छ। पहिलो इनिङमा १९१ रन बनाएको घरेलु टोली पाकिस्तान बिनाविकेट ५७ रन बनाएर खेलिरहेको छ।
पाकिस्तानका शान मासुद २१ र अबिद अली ३२ रन बनाएर क्रिजमा छन्।
श्रीलंकाले ६४–३ को स्थितीबाट दोस्रो दिनको शुरूआत गरेको थियो। भ्रमणकारी टोलीका एन्जेलो म्याथ्युज ८ र लासिथ इमबुलदेनिया ३ रनको स्थितीमा थिए। दुबैले समान १३ रन जोडेर पवेलियन फर्किए।
त्यसपछि दिनेश चण्डीमल र धनन्जय डी सिल्भाले श्रीलंकाको इनिङ उकास्ने प्रयास गरे। दुईले छैटौं विकेटका लागि ६७ रनको साझेदारी गरे।
चण्डीमल ७४ रन जोड्दा डी सिल्भाले ३२ रन बनाए। श्रीलंकाका निरोशन दिकवेलाले २१, दिलरुवान परेराले ४८ रन बनाए।
पाकिस्तानका अफ्रिद्रीले ७७ रन दिएर ५ विकेट लिए भने अब्बासले ५५ दिएर ४ विकेट लिए। हरिस सोहिलको नाममा १ विकेट रह्यो।