म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने याङ्गुन । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्न लागेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेकामध्ये कुल २३ हजारभन्दा बढीलाई रिहा गर्ने तयारी भएको हो। लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौं आन्दोलनकारी बन्दी भएका छन्। बौद्ध धर्माबलम्बीहरुको नयाँ बर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलनअनुसार बन्दीहरुलाई रिहा गर्न लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्