१४ वटा खसीसहित भारतीय नागरिक पक्राउ <p>सिरहा। भारतबाट भन्सार छलेर ल्याउँदै गरेको खसीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>भगवानपुर गाउँपालिका&ndash;१ मा यात्रुबसलाई चेकजाँच गर्दा १४ वटा खसी भन्सारबिना लैजाँदै गरेको फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको लौकहाका ४० वर्षिय मोहम्मद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले खसीसमेत बरामद गरेको छ।&nbsp;</p> <p>१ लाख ४० मूल्यको १४ वटा खसीसहित अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बरामद खसी र अन्सारीलाई भन्सार कार्यालय ठाँडीमा बुझाइएको प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्