वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस
काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। आज दिउँसो सिंहदरबारमा बसेको बैठकले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णयअनुसार हुने निर्णय गरेको छ। सीसीएमसीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गर्नेछ। कोरोना सङ्क्रमण बढेपछि विद्यालय बन्द गर्न सरकारलाई चौतर्फी दबाब दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्