चिसो बढेपछि पाँच दिन विद्यालय बन्द गरिने
<p>सप्तरी। शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रका विद्यालय पाँच दिन बन्द गरिने भएको छ। </p>
<p>नगरपालिकाले नगरक्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो। </p>
<p>नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय ७ पुसम्म बन्द रहने नगरपालिका प्रमुख उत्तम गौतमले बताए।</p>
<p>नगरक्षेत्रभित्र रहेको सात आधारभूत र चार माध्यमिकसँगै संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको भन्दै नगर प्रमुख गौतमले ८ पुसमा मौसम हेरी पुनः निर्णय गरिने बताए।</p>
प्रतिक्रिया दिनुहोस्