सप्तरीमा १५ वर्षीया बालिका बलात्कृत
सप्तरी। कञ्चनरुप नगरपालिका-७ बलुवा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बस्ने १९ वर्षीय सुनिलकुमार यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। यादवले ती बालिकालाई बलात्कार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्