दुई हप्ताभित्र कमलपोखरीको पुनःनिर्माण सकिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी दुई साताभित्र कमलपोखरीको पुनःनिर्माण कार्य सकिने बताएको छ। अहिले पुनःनिर्माणको ८५ प्रतिशत काम सकिएको दाबी महानगरपालिकाको छ। पछिल्ला दिन कमलपोखरीवरपर सौन्दर्यकरणको काम तीव्र गतिमा भइरहेको महानगरपालिकाले जनाएको छ। साथै अहिले पोखरीमा पानी राख्ने काम पनि चलिरहेको छ। पोखरीमा ५० लाख लिटर पानी राखिनेछ। पुनःनिर्माण कार्य ६ करोड ३६ लाख रूपैयाँमा गरिएको हो।
प्रतिक्रिया दिनुहोस्