काठमाडौं। यूरोपको प्रतिष्ठित कम्पनीमा शानको जागिर। कमाईको मात्र के कुरा, एउटा इञ्जिनियरका लागि पनि प्रतिष्ठाको काम थियो त्यो। तर, ३० वर्षीय असिम पाण्डेको मन यूरोपमा अडिएन। कारण थियो, स्वदेशमै केही गर्ने हुटहुटी।
हुटहुटी मात्र कहाँ हो र! उनको सानैदेखिको सपना थियो, आफैले मोटरसाइकल बनाउने। त्यही सपनाले उनलाई इञ्जिनियर बन्न डोर्याएको थियो। र, त्यही सपना पूरा गर्न उनी नेदरल्याण्ड्सको प्रतिष्ठित हाइपरकार ‘डोंकरभूर्ट’ कम्पनीको आकर्षक जागिर छाडेर स्वदेश फर्किए।
दुई वर्षअघि नेपाल फर्कंदा उनीसँग एउटै सपना थियो– विद्युतीय मोटरसाइकल बनाउने। त्यही सपनाको परिणाम ३ पुसमा सार्वजनिक भएको छ।
‘यात्री’ ब्राण्डमा नेपालमै पहिलोपटक विद्युतीय मोटरसाइकल ‘लञ्च’ गरिएको छ। मोटरसाइकको सबै स्पेयर पार्टस् नेपालमै डिजाइन गरेर अमेरिका, चीन, भारत र यूरोपका केही देशका कम्पनीसँगको सहकार्यमा पाण्डेले मोटरसाइकल ‘लञ्च’ गरेका हुन्।
साठीको दशकको ‘क्याफे रेसर’ डिजाइनबाट प्रभावित यो मोटरसाइकल सहरी क्षेत्र र ‘मोडर्न कनेक्टिभिटी’को लागि तयार पारिएको कम्पनीको भनाइ छ।
नेपाली माटोमा यूरोपको अनुभव
२०४६ सालमा चितवनको भरतपुरमा जन्मेका असिम पारिवारसँगै २०४७ सालमा काठमाडौं आएका थिए। मल्पी इन्स्टीच्युट, लाजिम्पाटमा ए–लेभल अध्ययन गर्दा नै उनले आफ्नो भविष्यको सपना सजाइसकेका थिए।
प्रतिष्ठित विश्वविद्यालयमा ‘डिजाइनिङ इञ्जिनियरिङ’ पढ्न उनी यूरोप हान्निए। अउडी, बीएमडब्लू, मर्सिडिज जस्ता विश्वप्रसिद्धि कमाएका कम्पनीको डिजाइन स्टुडियोमा छिर्ने धोको पनि थियो उनमा। त्यसका लागि सैद्धान्तिक ज्ञान अपरिहार्य थियो।
नेदरल्याण्ड्सको ‘एरोस्पेस इञ्जिनियरिङ’मा भर्ना भएर अध्ययन गर्न थालेका पाण्डेले अध्ययन नसक्दै विद्युतीय गाडी उत्पादक कम्पनीमा डिजाइनरको रूपमा काम गर्ने अवसर पाइहाले। त्यहाँ उनले डिजाइन गरेका इलेक्ट्रिक गाडीका मोडलहरू विश्वका १५० भन्दा बढी विश्वविद्यालयहरूमा पुग्थ्यो।
पढाइ र प्रयोग सँगसँगै हुँदा उनमा डिजाइनिङ कलाको निपुणता थपियो। त्यही ‘इर्न्टनसीप’लाई नै यात्री मोटरसाइकलको विजारोपणको रूपमा लिन्छन् पाण्डे।
त्यति मात्र होइन, मास्टर्स डिग्री अध्ययनका क्रममा उनले हाइपरकार उत्पादक कम्पनी डोंकरभूर्टमा काम गर्ने अवसर पाए। जहाँ कार्बन फाइबर कम्पोजीटको डिजाइनर भएर काम गरे उनले। यिनै अवसरहरूले पाण्डेमा आत्मविश्वास भरियो। पढाइ र कामको सिलसिलामा ७ वर्ष नेदरल्याण्डमा बिताएपछि स्वदेश फर्किने योजना बन्यो।
उनी भन्छन्, “नेपाल फर्किने योजना लिएर लागि अमेरिकाको क्यालिफोर्नियामा रहेका दिदी भिनाजुसँग सल्लाह गर्न गएँ। तर, मेरो कुरा उहाँहरूलाई विश्वास लागेन। मेरो कामको बारेमा आश्वस्त तुल्याउन तीन महिना लाग्यो।”
दिदी भिनाजुको ‘ग्रिन सिग्नल’ पाएपछि सन् २०१७ मा नेपाल फर्किएका थिए उनी। नेपालको माटोमा पाइला टेक्न आइपुग्दा उनीसँग डिजाइनको सैद्धान्तिक ज्ञान, केही वर्ष काम गरेको अनुभव र विद्युतीय मोटरसाइकलको सपना मात्रै थियो।
स्वदेश आएको केही समयमा नै ‘यात्री डिजाइन स्टुडियो’ दर्ता गरेर पूर्व–पश्चिम यात्रामा निस्किए उनी। देश दौडाहापछि पाण्डेले थाहा पाए– उच्चस्तरको विद्युतीय मोटरसाइकल बनाउन सके राम्रो बजार छ।
यात्रा सकेर काठमाडौं फर्किएपछि ‘ट्रेड टक’ नामको कार्यक्रममार्फत् आफ्नो योजना सार्वजनिक गरे। त्यसलाई धेरैले रुचाए। योजना मन पराउनेहरूमध्ये केही उनीसँग सहकार्य गर्न तयार पनि भए।पाण्डेको योजनामा सहकार्य गर्न चाहनेहरू अमेरिका र भारतमा पढेर फर्केका युवा थिए। उनले चाहे जस्तै टीम बनेपछि मोटरसाइकल बनाउने काम अघि बढ्यो।
असिमको टीममा उनीसहित ६ जना इञ्जिनियर छन्। जसमा कनिष्क भेसुवाल, सुलभलाल श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, असेस श्रेष्ठ र सार्थक शर्मा पौडेल छन्। कम्पनीको व्यवस्थापन बत्सल पाण्डेको जिम्मामा छ। सन् २०१८ नोभेम्बरदेखि मोटरसाइकल बनाउने काममा पुरै टीम दत्तचित्त भएर लागेको थियो। नेपालमा मोटरसाइकल बनाउन कुनै मापदण्ड तोकिएको छैन। सोही कारण उत्तर अमेरिकी र यूरोपियन कम्पनीहरूको मापदण्ड ‘फलो’ गरिएको पाण्डेले बताए।
उनीहरूले थालनी गरेको काम नेपालका लागि नयाँ थियो। अप्ठेरो परिस्थितिमा परामर्शको एउटै गन्तव्य थियो– इन्टरनेट। त्यसबाहेक न कसैको सल्लाह पाइन्थ्यो, न सहयोग नै। तर, पनि पाण्डे निरन्तर डटिरहे आफ्नो सपनामा।
निरन्तर खटाइको पारिणाम हो, ‘यात्री’ ब्राण्डको मोटरसाइकल।
३ पुसमा काठमाडौंमा सार्वजनिक गरिएको विद्युतीय मोटरसाइकल उनीहरूले तेस्रो प्रयासमा तयार पारेका हुन्। सन् २०१९ को फेब्रूअरीमा उनीहरूले ‘भि–वान’ बनाएका थिए। त्यसको परीक्षण नेपालगञ्जमा गरिएको थियो। त्यसका कमजोरीलाई सुधार गरेर ‘भी–टू’ बनाइयो। ‘भी–टू’को परीक्षण चितवनमा गरियो। त्यसबाट सुधारिएको रूप हो ‘यात्री’ अर्थात ‘भि–टू प्वाइन्ट वान।’
३० किलोवाट ब्याट्री क्षमताको यो मोटरसाइकल सिङ्गल चार्जमा २३० किलोमिटर कुद्ने क्षमता राख्छ। बाइकमा ४० हर्सपावरको शक्ति छ। यात्रा गर्दा हुने प्रमुख समस्या पहिचान गरेर त्यहीअनुसार मोटरसाइकल निमार्ण गरिएको कम्पनीका संस्थापक पाण्डेले बताए।
यसमा अरू मोटरसाइकलको जस्तो मेटल नभई कार्वन फाइवर प्रयोग गरिएकोले आकर्षक, हलुका र सुरक्षित रहेको कम्पनीको दाबी छ।
यात्री डिजाइन स्टुडियोले पहिलो चरणमा ५० मोटरसाइकल उत्पादन गर्ने योजना बनाएको छ। ‘लञ्च’ हुँदा दुईवटा मोटरसाइकल मात्र तयार भएका छन्। तीमध्येको एउटा मोटरसाइकल व्यवसायी सौरभ ज्योतीले ‘बुक’ गरेका छन्। मोटरसाइकलको मूल्य भने सार्वजनिक गरिएको छैन।